काठमाडौं । घरेलु मैदान मै आयोजना हुन गईरहेको साफ महिला च्याम्पियनसिपका लागि राष्ट्रिय टोली तयार पार्न बन्द प्रशिक्षणमा ४० खेलाडीहरु समावेश गरिएका छन् ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले मंगलबार प्रारम्भिक टोलीमा परेका खेलाडीहरुको नामावली सार्वजनिक गरेसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्यसबारे जानकारी गराएको हो ।
स्मरण रहोस, साफ महिला च्याम्पियनसिपको सातौं संस्करण यसै वर्षको आउँदो अक्टुबर १७ देखि ३० तारीखसम्म नेपालमै आयोजना हुँदैछ । साथै प्रतियोगिता दशरथ रंगशाला मै गर्ने योजना समेत छ ।
प्रारम्भिक टोलीमा परेका खेलाडीहरुः
अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समिक्षा घिमिरे, निशा थोकर, पुजा राना बिमला बिक, हिरा भुजेल, प्रतिक्षा चौधरी, रेनुका नगरकोटी, प्रिती राई, सरु लिम्बु, दिपा शाही, सबिता राना मगर, अनिा बस्नेत, अमिषा कार्की, बिमला चौधरी, साबित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यशोदा शाही, अन्जली मचामसी, सुष्मा तामाङ, सुक्रिया मिया, सजिना कोइराला, नेहा कुमारी चौधरी, सजनी थोकर, अनिता लम्गेल, लिला जोशी, सुशिला चौधरी, कुश्मा राई, सुनिता भुलन