
काठमाडौ । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत दावेदार एपिएफ फुटबल क्लबले जारी सिजन कै सबैभन्दा फराकिलो जित हात पारेको छ ।
आठौं चरणको खेलतर्फ एपिएफले सुदुरपश्चिम प्रदेशमाथी १९-० को फराकिलो जित दर्ता गर्यो । एपीएफका लागि रश्मि घिसिङ र अनिता केसीले ह्याट्रीक सहित समान ४-४ गोल गरे । प्रीती राईले तीन गोल गर्दै ह्याट्रीक पूरा गर्दा कुसुम खतिवडा र सबिता रानाले २-२ गोल गरे । त्यस्तै सरु लिम्बू र रेनुका हमालको नाममा १-१ गोल रह्यो । थप दुई गोल भने सुदुरपश्चिमले आत्मघाती गोलका रुपमा खान पुगेको थियो ।
यो नतिजापछी आठ खेलबाट २२ अंक जोडेको एपिएफ लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । अंकविहीन सुदुरपश्चिम भने पुछार मै संघर्षरत छ ।
त्यस्तै अर्को खेलमा कोशी प्रदेश र चन्द्रपुर नगरपालिकाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछी कोशी प्रदेशको आठ खेलबाट ११ अंक छ भने चन्द्रपुरको खातामा ८ अंक छ ।
- साबित्राको अन्तर्राष्ट्रिय गोलसंख्यामा छलाङ्ग
- सयौं खेलमा नेपालको शानदार जित
- नेपाली महिला फुटबल टोली सयौं अन्तर्राष्ट्रिय खेल खेल्दै, सरुको ५०औं खेल
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त