
काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ मंगलबार सानेपा क्लब र स्पोर्टस एकेडेमी साँगाले जित हात पारेका छन् । मंगलबार भएको खेलमा सानेपाले झम्सीखेल युथ क्लबलाई ४–१ ले हरायो भने साँगाले खालीबारी युथ क्लबलाई २–१ ले निराश बनयो ।
सानेपाको जितमा पेम्बा दोर्जे लामाले दुई गोल गरे । सम्भ्रान्त सिंह डंगोलले थप एक गोल गर्दा अर्को एक गोल भने विपक्षी टोली झम्सीखेलका सौजन राईले आत्मघाती गोलका रुपमा गरेका थिए । त्यस्तै झम्सीखेलको तर्फबाट सन्देश श्रेष्ठले एक मात्र गोल गरेका थिए ।
अर्को खेलमा साँगाका लागि बिकास परियार र स्यामुएल सुनारले गोल गरे । पराजित खालीबारीका लागि भने सन्देश चौधरीले एक मात्र गोल गरेका थिए ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधी सहित नगद १० लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्नेले ७ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले ५ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । लिगमा कुल १४ टोलीहरुले सहभागिता जनाउँदै छन ।
- महिला टोलीका मुख्य प्रशिक्षक प्याट्रिकको गुनासोः “एन्फालाई योजना भन्दा राजनीतिमा बढी रुची”
- फ्रेण्डसको एकतर्फी जित, मनाङको लय जारी, शेर्पालाई सफलता
- नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात