भोजपुर । सहज जित हात पार्दै सलहेश युवा क्लब, सिराहा यहाँ जारी सातौं भोजपुर मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको तेस्रो क्वाटरफाइनलतर्फ सलहेशले डाँगीहाट युथ क्लब, मोरङलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
भोजपुर रंगशालामा भएको खेलमा सलहेशका लागि स्टेफन बिनोङ्गले दुई गोल गरे । त्यस्तै फोफोना र आदित्य शाक्यले थप एक–एक गोल गरे । खेलमा दुई गोल गरेका सलहेशका स्टेफन बिनोङ्ग म्यान अफ द म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत बैशाख १२ गते बुधबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल आयोजक भोजपुर जिल्ला फुटबल संघ, भोजपुर र चर्च ब्वाईज युनाइटेड, काठमाडौं बीच हुने आयोजकले जानकारी दियो ।
भोजपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख १५ गतेका दिन हुनेछ ।
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा