
काठमाडौं । बंगलादेशमा आउँदो फेब्रुअरी २ देखि ८ तारीख (माघ १९ देखि २५ गते) सम्म हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपालको फाइनल स्क्वाड घोषणा गरिएको छ ।
फाइनल स्क्वाडा घोषणाबारे अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि आधिकारिक रुपमा जानकारी गराएको छ । मुख्य प्रशिक्षक बालगोपाल साहुखलको नेतृत्वमा रहने नेपाली टोलीले ढाकामा आयोजक बंगलादेशससँगै भारत र भुटान विरुद्ध खेल्नेछ ।
सिंगल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोलीहरु फाइनलमा प्रवेश गर्नेछन् । बंगलादेश प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो भने नेपाल उपविजेता टोली समेत हो ।
नेपालको यु–१९ महिला टिमको फाइनल स्क्वाडः
गोलकिपर्सः सुजाता तामाङ, करुणा बुढाथोकी, लिला जोशी
डिफेन्डर्सः दिव्या यसमाली मगर, सीता रोकाया, रोजिता बिष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिमरन राई, माया मास्के
मिडफिल्डर्सः बिर्सना चौधरी, झुमा विश्वकर्मा, सारा बज्राचार्य, सुशिला केसी, भावना परियार, पुनम चेम्जोङ
फरवार्डसः सिनु परियार, सुक्रिया मिया, वर्षा ओली, लिला चन्द, पूर्णिमा राई, समिक्षा मगर, सजिना स्याङ्तन
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को खेलतालिका सार्वजनिक, नेपाल पहिलो खेलमा भारतसँग भिड्ने
- प्रशिक्षक प्याट्रिक डि वाइल्ड नेपाल फर्कने वा नफर्कने भन्ने विषयमा गम्भीर शंका
- नेपाली राष्ट्रिय यु-२० महिला फुटबल टोलीको बिदाई
- नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए