News
दिपा र प्रिती सम्मिलित किर्कस्टार्टसँग रश्मी र अमृताको टोली ओडिसा पराजित
काठमाडौं । भारतको शिर्ष महिला लिग फुटबल प्रतियोगिता खेलिरहेका नेपालका दुई स्टारद्वय दिपा शाही र प्रिती राई सम्मिलित किकस्टार्ट एफसीले लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ ।
बैंगलोर फुटबल स्टेडियममा भएको खेलमा किकस्टार्टले स्पोर्टस ओडिसामाथि २–१ को जित निकाल्यो । किकस्टार्टका लागि दुवै गोल करिश्मा पुरुषोत्तमले गरिन् । उता पराजित ओडिसाका लागि नेपाल कै उदाउँदी फरवार्ड रश्मी कुमारी घिसिङले गोल गरिन् ।
ओडिसाका लागि रश्मी बाहेक अमृत जैशीले पहिलो रोजाई मै रहेर खेलेका थिए । उता किकस्टार्टका लागि दिपा र प्रितीले पनि लगातार पहिलो रोजाई मै रहेर खेल्दै आईरहेका छन् ।
यो नतिजापछि ३ खेलबाट ९ अंक जोडेको किकस्टार्ट शिर्ष स्थानमा यथावत छ । पराजित स्पोर्टस ओडिसा भने अंकविहीन पुछारमा रहेको छ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल