News
झापाको पहिलो जित, शिर्ष चारको सम्भावना कायमै
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ अपेक्षाकृत प्रदर्शन र शुरुवात गर्न नसकेको नवप्रवेशी टोली झापा फुटबल क्लबले मंगलबार सिजनको पहिलो जित हात पारेको छ ।
दशरथ रंगशालामा भएको एक मात्र खेलमा झापाले बुटवल लुम्बिनी फुटबल क्लबलाई शून्यका विरुद्ध एक गोलले हराउँदै महत्वपूर्ण जित र तीन अंक जोड्न सफल भएको हो ।
पहिलो हाफको ३८औं मिनटमा जर्जे सान्चेजले गरेको एक मात्र गोल झापाली टोलीलाई जित दिलाउन निर्णायक बन्यो । निर्णायक गोलकर्ता सान्चेज खेलको म्यान अफ द म्याच समेत चुनिए । उनले त्यसवापत नगद ३० हजार र ट्रफी हात पारे ।
यो जितपछि ५ खेलबाट ६ अंक जोडेको झापा छैठौं स्थानमा उक्लेको छ । र, शिर्ष चारको आफ्नो सम्भावनालाई पनि कायम राखेको छ । उता पराजित बुटवल भने ७ अंकका साथ पाँचौं स्थानमा छ । शिर्ष स्थानमा भने ९ अंक जोडेको ललितपुर सिटी रहेको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै