News
ग्रामथाम मेयर कपको तयारी पूरा (खेलतालिकासहित)
ग्रामथान । ग्राम युवा संस्था, ग्रामथान, मोरङको आयोजनामा यही मंसिर ३० देखि शुरु हुन गईरहेको ग्रामथान मेयर कप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । साथै आयोजकले खेलतालिका पनि सार्वजनिक गरेको छ ।
ग्रामथान–७ स्थित श्री गणेश माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा कोशी प्रदेश पुलिस फुटबल क्लब, बिराटनगर र ग्रामथान फुटबल क्लब, ग्रामथान भिड्ने छन् । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल पौष ७ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा