काठमाडौं । नेपालकी राष्ट्रिय महिला फुटबल खेलाडी अनिता बस्नेतको टोली तथा इण्डियन वुमन लिगको डिफेन्डिङ च्याम्पियन सेथु एफसीले आफ्नो जितको यात्रालाई निरन्तरता दिएको छ ।
लिगतर्फ समूह ए मा रहेको सेथुले आइतबार किकस्टार एफसीलाई ३–० ले हरायो । सेथुका लागि खेलको १२औं मिनटमै सन्ध्याले पहिलो गोल गरिन् । पहिलो हाफ कै ३९औं मिनटमा सुमित्राले त्यो अग्रता दोब्बर पारिन् ।
खेलको अन्तिमतिर सन्ध्याले नै व्यक्तिगत दोस्रो तथा सेथुका लागि तेस्रो गोल गर्दै टोलीको सहज जित पक्का गरिन् । यो जितसँगै ४ खेलबाट ९ अंक जोडेको सेथु समूह ए तर्फ दोस्रो स्थानमा छ । पराजित किकस्टार भने ६ अंकका साथ तेस्रो स्थानमा छ ।
उता आइतबार नै बीबीके डाव एफसीमाथि ४–० को जित निकालेको क्रिप्सा शतप्रतिशत जितका साथ १२ अंक सहित शिर्ष स्थानमा यथावत छ । त्यस्तै पराजित बीबीके डाव एफसी भने १ अंकका साथ समूह ए को पुछारमा छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै