काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२६ को समूह ए बाट सह–आयोजक राष्ट्र मेक्सिकोसँगै दक्षिण अफ्रिकाले पनि नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।
शतप्रतिशत नतिजाका साथ मेक्सिको समूह विजेता तथा दक्षिण अफ्रिका समूह उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । समूह चरणको अन्तिम खेलमा मेक्सिकोले चेक रिपब्लिकलाई ३–० ले हराउँदा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १–० ले निराश बनायो ।
यो नतिजापछि तीन खेलबाट ९ अंक जोडेको मेक्सिको समूह ए को शिर्ष स्थानमा रह्यो भने ४ अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेर सोझै नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।
त्यस्तै ३ अंकका साथ तेस्रो स्थानमा रहेको दक्षिण कोरियाको उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रुपमा नकआउट चरणमा प्रवेश गर्ने सम्भावना भने कायम छ । त्यसैगरी १ अंकका साथ पुछारमा रहेको चेक रिपब्लिक भने समूह चरणबाटै बाहिरिएको छ ।