काठमाडौं । जारी साफ यु–१८ महिला च्याम्पियनसिपतर्फ आयोजक राष्ट्र भारतले साविक विजेता बंगलादेश माथि संघर्षपुर्ण जित निकालेको छ ।
जमशेदपुर स्थित जेआरडी टाटा स्पोर्टस कम्प्लेक्समा सम्पन्न खेलमा भारतले बंगलादेशमाथि १–० को साँघुरो अन्तरको जित निकालेको हो । खेलको ६३औं मिनटमा नितु लिन्डाले गरेको एक मात्र गोल भारतलाई लगातार दोस्रो जित दिलाउन निर्णायक बन्यो ।
स्मरण रहोस, भारतले आफ्नो पहिलो खेलमा नेपाललाई ७–० ले हराएको थियो भने बंगलादेशले पनि आफ्नो पहिलो खेलमा नेपाललाई ४–२ ले पराजित गरेको थियो ।
शनिबारको नतिजापछि २ खेलबाट ६ अंक जोडेको भारत शिर्ष स्थानमा रहँदा बंगलादेश ३ अंकका साथ दोस्रो स्थानमा छ । अंकविहीन नेपाल पुछारमा छ । प्रतियोगितामा दक्षिण एसियाका तीन टोली मात्र सहभागि छन् ।
डबल राउण्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको शिर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले आगामी खेल सोमबार भारतसँग खेल्ने कार्यक्रम छ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल