News
साफ यु–१८ महिला च्याम्पियनसिपः पहिलो खेल मै नेपाल निरीह
काठमाडौं । मंगलबारदेखि भारतमा शुरु साफ यु–१८ महिला च्याम्पियनसिपमा नेपालले खराब शुरुवात गरेको छ । गत संस्करणको उपविजेता समेत रहेको नेपालले उद्घाटन खेलमा दावेदार मानिएको घरेलु टोली भारतसँग ७–० को फराकिलो अन्तरले हार बेहोर्न बाध्य बन्यो ।
जमशेदपुर स्थित जेआरडी टाटा स्पोर्टस कम्प्लेक्समा भएको खेलमा नेपालमाथि भारत पूर्ण हावी देखियो । नेपालले आफ्नो दोस्रो खेल बिहीबार साविक विजेता बंगलादेशसँग खेल्नेछ । त्यस्तै भारतले भने शनिबार बंगलादेशसँग नै आफ्नो दोस्रो खेल खेल्नेछ ।
दक्षिण एसियाका जम्मा ३ टोली सहभागि प्रतियोगिता डबल राउण्ड रोबिन लिगका आधारमा हुनेछन् । लिग चरणको खेलपश्चात शिर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल