काठमाडौं । यसै महिना शुरु हुन गईरहेको प्रतिष्ठित नेपाल सुपर लिग (एनएसएल) को नव आगन्तुक टोली झापा एफसीले नेको इन्स्योरेन्सलाई बिमा पार्टनरका रुपमा पाएको छ ।
देश कै पहिलो निजी फुटबल क्लबका रुपमा आफूलाई उभ्याएको झापाले सोमबार नेकोसँग एक कार्यक्रमका सम्झौता समेत गर्यो । कार्यक्रमका क्लबका तर्फबाट उपाध्यक्ष यम बस्नेत तथा नेको इन्स्योरेन्सका सिइओ अशोक कुमार खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार सुपर लिगमा झापामा आवद्ध रहेका खेलाडीहरुको १० लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा हुने पक्का भएको छ । सम्झौतापछि खुशी देखिएका क्लबका उपाध्यक्ष बस्नेतले भने “नेको इन्स्योरेन्सलाई बिमा पार्टनरका रुपमा पाउँदा हामी खुशी छौं । यो सहकार्यका लागि हामी नेको इन्स्योरेन्सलाई धन्यवाद समेत दिन चाहन्छौं ।”
उता नेको इन्स्योरेन्सका सिइओ अशोक कुमार खड्का भन्छन् “झापा एफसीको फुटबल र खेलाडीप्रतिको भिजनबाट हामी प्रभावित भयौं । त्यसैले पनि यो सहकार्य गर्न हामीले अबेर गरेनौं । सुपर लिगमा क्लबसँगको हाम्रो सहकार्य अटुट रहनेछ ।”
उता क्लबका महासचिव सुजन गौतम पनि यो सहकार्यप्रति खुशी देखिए । गौतमका अनुसार खेलाडीहरुको यो स्वास्थ्य बिमाले खेलका क्रममा खेलाडीहरुलाई तनावरहित रहेर मैदानमा डटेर खेल्न हौसला मिल्ने बताए । उनले सुपर लिगमा पहिलो सहभागिता भए तापनि आफूहरुले पहिलो सिजन मै राम्रो गर्ने विश्वास लिएको प्रतिक्रिया समेत दिए ।
स्मरण रहोस, यहि चैत्र २६ गतेदेखि शुरु हुन गईरहेको नेपाल सुपर लिगमा यस सिजन थपिएका तीन नयाँ क्लबसहित कुल १० टोलीहरुले सहभागिता जनाउँदै छन् । झापा एफसीको मार्की प्लेयरमा चर्चित फरवार्ड अन्जन बिष्ट रहेका छन् ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)