News
बिमलाको निर्णायक गोलमा आत्मा पवित्र फाइनल प्रवेश
इटहरी । आत्मा पवित्र एनसी, इलाम सुनसरीमा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा आत्मा पवित्रले इटहरी फुटबल क्लब, सुनसरीलाई १–० को अन्तरले हराउँदै फाइनलमा स्थान तय गरेको हो । आत्मा पवित्रको जितमा बिमला चौधरीले एक मात्र निर्णायक गोल गरिन् । खेलमा निर्णायक गोलकर्ता बिमला नै प्लेयर अफ द म्याच बनिन् ।
अब यही असार २० गते शनिबार हुने फाइनलमा आत्मा पवित्र एनसी, इलामले फेयर फुटबल क्लब, सुनसरीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
इटहरी फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।
Post Comments
Related News