News
मच्छिन्द्रको लगातार दोस्रो र फराकिलो जित
काठमाडौं । एन्फा यु-१६ युथ लिग फुटबल प्रतियोगितातर्फ मच्छिन्द्र फुटबल क्लबले मंगलबार लगातार दोस्रो र फराकिलो जित हात पारेको छ ।
दिनको दोस्रो खेलमा मच्छिन्द्रले प्लानिङ ब्वाईज युनाईटेडलाई ७-० को फराकिलो अन्तरले हरायो । मच्छिन्द्रको जितमा किरन धामी र सुमन ठकुरीले समान २/२ गोल गरे । त्यस्तै बिकास थापा, राहुल योञ्जन र आर्यबिर सिंहले समान १/१ गोल गरे ।
आफ्नो पहिलो खेलमा एपिएफलाई हराएको मच्छिन्द्रको ६ अंक भएको छ । उता प्लानिङ ब्वाईजको भने ३ अंक मात्र छ । प्लानिङ ब्वाईजले आफ्नो पहिलो खेलमा सातदोबाटो युथ क्लबलाई हराएको थियो ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई पाँच लाख धरौटीमा रिहा
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु