News
राष्ट्रिय महिला फुटबल टोली र यु–२० महिला फुटबल टोलीबीच मैत्रीपूर्ण खेल सम्पन्न
काठमाडौं । बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय महिला फुटबल टोली र यु–२० महिला फुटबल टोलीबीच शनिबार मैत्रीपूर्ण अभ्यास खेल सम्पन्न भएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको उक्त मैत्रीपूर्ण खेलको नतिजा भने एन्फाले खुलाएको छ । सो खेलमा सिनियर टोलीबाट अधिकांश पहिलो रोजाई कै मुख्य खेलाडीहरु खेलेका थिए ।
स्मरणीय छ, नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनौटको तयारी गरिरहेको छ भने नेपाली यु–२० महिला फुटबल टोलीले बंगलादेशमा हुने साफ यु–२० महिला च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षणमा छ ।
Post Comments
Related News
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा