काठमाडौ । एएफसी महिला एसियन कप छ्नौट प्रतियोगिताको तयारी स्वरुप थाइल्यान्ड पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले शुक्रबार भएको अभ्यास खेलमा झिनो अन्तरको हार बेहोरेको छ ।
बैंककमा दर्शकविहीन बन्द रंगशालामा खेलाईएको खेलमा नेपालले घरेलुु टोली थाइल्यान्डसँग ०-१ को झिनो अन्तरको हार बेहोरेको हो । नेपाल र थाइल्यान्डबीच अब यही जेठ १९ गते अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हुनेछ ।
स्मरण रहोस, नेपालले एएफसी महिला एसियन कप छनौट प्रतियोगिताता अन्तर्गत समूह एफमा रहेको आयोजक उज्वेकिस्तानसँगै लाओस र श्रीलंकासँग खेल्ने कार्यक्रम छ ।
यस्तो छ फाइनल स्क्वाडः
गोलकिपर्सः अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर्सः अमृता जैशी, गीता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमाई
मिडफिल्डर्सः अनिता बस्नेत, बिमला चौधरी, रेनुका नगरकोटे, प्रिति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल, सुष्मा तामाङ
फरवार्डसः साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा