News
बी डिभिजन लिगः मध्यपुर र च्यासलको सुखद समापन
काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगमा मध्यपुर युथ एसोसिएशन र च्यासल युथ क्लबले सिजनको अन्तिम खेलमा जित हात पार्दै सिजनको सुखद समापन गरेका छन् ।
बुधबार दिनको पहिलो खेलमा मध्यपुरले नयाँवस्ती युवा क्लबमाथि ४–० को सहज जित निकाल्यो । मध्यपुरका लागि विज्ञान खड्काले दुई गोल गर्दा राहुल खड्का र साहिल केसीले एक–गोल गरे ।
यो जितपछि १३ खेलबाट १८ अंक जोडेको मध्यपुर शिर्ष पाँचमा रहेर लिगको समापन गरेको छ । पराजित नयाँवस्ती भने ५ अंकका साथ पुछारमा रहेर सिजनको अन्त्य गर्न बाध्य बन्यो ।
त्यस्तै अर्को खेलमा च्यासलले झापा एफसीमाथि २–० को जित निकाल्दा च्यासलका लागि दुवै गोल आशिष थारुले गरे । यो जितपछि १३ खेलबाट १८ अंक जोड्दै च्यासलले लिगमा सुखद समापन गर्न सफल भयो भने झापा पनि समान १८ अंक मै सिमित बन्यो ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”