News चुलाचुली स्र्पोटिङ फाइनलमा
गोलनेपाल

मिक्लाजुङ । संघर्षपुर्ण जित निकाल्दै चुलाचुली स्र्पोटिङ क्लब, दमक यहाँ जारी प्रथम सुन्दरी चोक कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा चुलाचुलीले बिराटनगर स्पोर्टस एकेडेमी, मोरङलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा चुलाचुली ४–२ ले विजयी बन्यो ।

शहिद स्मृति रंगशालामा भएको खेलमा निर्धारित समयतर्फ चुलाचुलीका लागि श्याम मुर्मुले गोल गरेका थिए भने बिराटनगरका लागि अभिषेक गुरुङ्गले गोल गरेका थिए । खेलमा चुलाचुलीका गोलरक्षक रोशन कार्की म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत जेठ ८ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल एपिएफ पकली र सयपत्री ब्वाईज युनियन क्लबबीच हुने आयोजकले जानकारी दियो ।

सुन्दरी चोक टोल विकास तथा सरसफाई समिति, मिक्लाजुङ, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल जेठ १० गतेका दिन हुनेछ ।

Post Comments