News
नेरपा स्पोर्ट्स सेमिफाइनलमा प्रवेश

दिक्तेल । नेरपा स्पोर्ट्स क्लब खोटाङ यहाँ जारी छैठौँ सूचन स्मृति केएफए दिक्तेल मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
दिक्तेल माटीकोरे खेलमैदानमा बुधबार भएको पहिलो क्वाटरफाइनलमा निरपे स्पोर्ट्स क्लब खोटाङले , माटीकोरे सेवा समाज दिक्तेल लाई १–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । खेलमा निरपे स्पोर्ट्स क्लब खोटाङ का सुनिल खड्का प्लेयर अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत जेठ ८ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल हलेसी तुवाचुङ एफ.सी र राणा भीम गन बीच हुने , तेस्रो क्वार्टरफाइनल नुनथला स्पोर्टिङ क्लब र आयोजक KFA बीच हुने र चौथो क्वाटर फाइनल बाकि्सला क्लब र सोल्मा स्पोर्टिस क्लब बीच हुने आयोजकले जानकारी दियो ।
खोटाङ फुटबल एकेडेमी दिक्तेल खोटाङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,००,००० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,००,००० रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल जेठ १० गतेका दिन हुनेछ ।
Post Comments