Province 3
नर्वे पहिलापटक विश्वकपको क्वाटरफाइनलमा, ब्राजील नकआउट
काठमाडौं (एजेन्सी) । स्टार स्ट्राईकर इर्लिङ हालान्ड नायक बन्दै दुई गोल गर्दा नर्वे ऐतिहासिक रुपमा पहिलोपटक फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
सोमबार बिहान सम्पन्न प्रिक्वाटरफाइनलतर्फ नर्वेले पाँचपल्टको विजेता ब्राजीललाई २–१ ले स्तब्ध बनाउँदै क्वाटरफाइनल स्थान सुरक्षित गरेको हो ।
खेलमा तीन गोलहरु दोस्रो हाफमा सम्भव भए । अनि गोलको खाता पनि नर्वेले नै पहिला खोलेको थियो । ७९औं मिनटमा हालान्डले पहिलो गोल गर्दा ९०औं मिनटमा हालान्डले नै दोस्रो गोल थपे । जुन खेलको निर्णायक गोल पनि बन्यो । उता अन्तिमतिर इन्जुरी समयमा ब्राजीलका लागि नेमारले पेनाल्टीमार्फत गोल फर्काए पनि दक्षिण अमेरिकी टोली खेलमा फर्कन भने सकेन ।
नर्वेले अब जुलाई ११ तारीखका दिन हुने तेस्रो क्वाटरफाइनलमा मेक्सिको वा इङल्यान्डको सामना गर्नेछ ।
Post Comments