International फ्रान्स क्वाटरफाइनलमा, अब मोरक्कोसँग भिड्ने
गोलनेपाल

काठमाडौं (एजेन्सी) । पूर्वविजेता फ्रान्स जारी फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

आइतबार बिहान सम्पन्न दोस्रो प्रिक्वाटरफाइनलतर्फ फ्रान्सले पाराग्वेमाथि १–० को जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो । फ्रान्सको जितमा खेलको ७०औं मिनटमा काइलन एम्बाप्पेले पेनाल्टीमार्फत गरेको एक मात्र गोल निर्णायक गोल बन्यो ।

फ्रान्सले अब जुलाई ९ तारीखका दिन हुने पहिलो क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ । स्मरण रहोस, मोरक्कोले शनिबार अबेर राती सम्पन्न पहिलो प्रिक्वाटरफाइनलमा क्यानडालाई ३–० ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाईसकेको छ ।

Post Comments