बिवाईसी करौजिया र ब्रदर सकर क्वाटरफाइनलमा
दिपनगर । बिवाईसी करौजिया र ब्रदर सकर क्लब रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी नव एकता कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
प्रिक्वाटरफाइनलतर्फ बिवाईसी करौजियाले सिवाइसी चरङेलाई पेनाल्टी शुटआउटमा ८–७ ले हरायो । खेलमा निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । बिवाइसी कै प्रथम गुरुङ म्यान अफ द म्याच बने ।
अर्को खेलमा ब्रदरले डिएमसी (बी) लाई २–० ले हराउँदै अन्तिम आठमा प्रवेश गर्यो । खेलमा ब्रदरका अमित कठरिया म्यान अफ द म्याच घोषित भए ।
नव एकता युवा क्लब, तिलोत्तमा–८, प्रदिपनगर तथा प्रदिपनगर टोल विकास संस्थाको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार २७ गतेका दिन हुनेछ ।
Post Comments