International चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । इङलिस क्लब चेल्सी जारी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा चेल्सीले ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

अमेरिकाको न्यु जर्सीमा सम्पन्न खेलमा चेल्सीका लागि दुवै गोल यसै सिजन क्लबमा आवद्ध भएका ब्राजिलियन फरवार्ड जोआओ पेड्रोको नाममा रह्यो । पेड्रोले पहिलो हाफको १८औं मिनटमा दर्शनीय गोल गर्दै चेल्सीलाई खेलमा अग्रता दिलाएका थिए । उनले दोस्रो गोल भने ५६औं मिनटमा गर्दै टोलीको जित पक्का गरेका थिए ।

पूर्व विजेता समेत रहेको चेल्सीले अब दोस्रो सेमिफाइनलतर्फ पिएसजी र रियल मेड्रिड बीचको विजेतासँग फाइनल खेल्नेछ । फाइनल भने १३ जुलाईका दिन हुनेछ । स्मरणीय छ, चेल्सीले सन् २०२१ मा फिफा क्लब विश्वकपको उपाधि जितेको थियो ।

Post Comments