Gorkhalis Abroad पिएसजीमा आवद्ध भए नेपालका रेहान
सुरज राना मगर

काठमाडौं । विश्व चर्चित फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्ने वा अभ्यास गर्ने हर कसैको एउटा सपना नै हुन्छ । त्यही सपना पूरा गर्न सफल भएका छन्, पाल्पाली नगर रामपुरका रेहान शाह ।

फुटबलमा उत्तिकै रुची र मेहनती रेहानले पिएसजी एकेडेमीका लागि दिएको ट्रायलमा नाम निकाल्न सफल भएपछि उनी हाल क्लबको एकेडेमीमा प्रशिक्षणरत छन् । रेहानका अनुसार उनले एकेडेमी कै लागि खेल्ने खेल्ने सम्भावना पनि छ ।

एकेडेमीमा उनले हाल एक वर्षका लागि सम्झौता गरेको बताएका छन् । रेहान भन्छन् । “राम्रो गर्न सके क्लबमा अझै राम्रो स्थान बनाउन सक्छु भन्नेमा आशावादी पनि छु ।”

रामपुर–४, पाल्पाका स्थायी वासिन्दा रेहानको उपलब्धी र सफलतामा उनका मातापिता मोमद रैमान र रसिदा वेगम पनि खुशी छन् । छोराले सफलता र उपलब्धीसँगै अन्तर्राष्ट्रिय फुटबलमा देशका लागि राम्रो गर्न सकोस भन्ने चाहना रेहानका मातापिता मोमद र रसिदाको रहेको उनीहरुको प्रतिक्रिया थियो ।

Post Comments