Gorkhalis Abroad पहिलो GCD कप २०२५ युएईमा आयोजना हुने
गोलनेपाल

युएईमा बस्ने नेपालीहरूको स्थापना गरेको क्लब GCD रोयल गोर्खा एफसीद्वारा आयोजना गरिएको पहिलो GCD कप २०२५ फुटबल प्रतियोगिता आगामी फेब्रुअरी २२, २०२५ मा सुरु हुने भएको छ। यो प्रतियोगिता युएईको प्रसिद्ध डेल्स्को मैदानमा हुनेछ र यहाँ दुवै पुरुष टोलीहरूको प्रतिस्पर्धात्मक फुटबल खेलहरू आयोजना गरिनेछन्।

प्रतियोगिता युएईमा सबैभन्दा रोमाञ्चक फुटबल कार्यक्रमहरू मध्ये एक हुने अपेक्षा गरिएको छ। सहभागी टोलीहरूको दर्ता प्रक्रिया अहिले खुला रहेको छ र दर्ता गर्ने अन्तिम मिति फेब्रुअरी १०, २०२५ तोकिएको छ। दर्ता शुल्क भने ११९९ AED निर्धारण गरिएको छ।

प्रतियोगिताको विजेताले युएईमा खेलकुद प्रतियोगिताको इतिहासमा नयाँ रेकर्ड कायम गर्दै ८००१ AED नगद पुरस्कार प्राप्त गर्नेछ। यसका साथै, उपविजेतालाई ४००१ AED, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ। आयोजकहरूले अन्य विभिन्न विधाहरूका लागि पनि पुरस्कारहरू तोक्ने घोषणा गरेका छन्, जसले प्रतियोगिता अझ रोमाञ्चक बनाउनेछ।

यो महत्वपूर्ण घोषणा GCD ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक रमेश श्रेष्ठ, रोयल गोर्खा एफसीका अध्यक्ष नवराज रानाभाट, र क्लबका सल्लाहकार राजु तिमिल्सिनले संयुक्त रूपमा गरेका छन्। उनीहरूले इच्छुक टोलीहरूलाई दर्ता समयसीमाअघि गर्न र यस रोमाञ्चक प्रतियोगितामा भाग लिन प्रोत्साहित गरेका छन्।

प्रतियोगितामा सहभागी हुने इच्छुक टोलीहरूले दर्ता प्रक्रिया पूरा गर्नका लागि आयोजकहरूलाई सम्पर्क गर्न सक्छन्।

Post Comments