Gorkhalis Abroad जापानमा इशिकावा भेट्रान्स कप हुँदै
गोलनेपाल

काठमाडौं । जापानमा रहेका नेपाली कम्युनिटीहरुबीच भाईचारा र सदभा्व कायम गर्ने उद्देश्यका साथ यही जुलाई ६ तारीख आइतबारका दिन इशिकावा भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।

जापानी शहर चिवामा हुने प्रतियोगिताको भेट्रान्सतर्फ ३५ वर्ष माथिको उमेर समूहका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई नगदसहित ट्रफी, मेडलको व्यवस्था गरिएको खेल संयोजक बिशाल कार्कीले बताए । त्यस्तै उनले च्यारिटी इभेन्टुका रुपमा यु–१० फुटसल प्रतियोगिताको पनि आयोजना गरिने जानकारी दिए ।

थप जानकारीका लागि सम्पर्क नम्बर 080-4063-2020 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।

Post Comments