
काठमाडौं (एजेन्सी) । पोर्चुगल तथा इङलिस क्लब लिभपुलका स्टार फरवार्ड डिओगो जोटाको बिहीबार सडक दुर्घट्नामा परी निधन भएको छ । चर्चित बेलायती सञ्चारमाध्यम बीबीसीका अनुसार २८ वर्षिय जोटाको स्पेनिस प्रानत जामोरामा कार दुर्घट्नामा परी निधन भएको हो ।
दुर्घट्नामा जोटासँगै उनका भाई २६ वर्षिय भाई आन्द्रे सिल्वाको पनि निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जोटा र उनका भाई चढेको कार सडकबाट अनियन्त्रित भई दुर्घट्नामा परेको थियो । दुर्घट्नाबारे स्थानीय प्रहरी प्रशासनले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
एटलेटिको मेड्रिड, पोर्टो, वुल्भरह्याम्पटन जस्ता क्लबहरुबाट खेल्दै सन् २०२० मा लिभरपुलमा आवद्ध भएका जोटाले गत सिजन लिभरपुललाई लिग उपाधि महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसबाहेक गत महिना मात्रै उनले पोर्चुगलका लागि युइएफए नेशन्स पनि जितेका थिए ।