ANFA
मणि लामाले सुपर लिगको फाइनल खेल्न पाउने

काठमाडौं । ललितपुर सिटी फुटबल क्लबका मुख्य खेलाडी मध्ये एक मणि लामाले तेस्रो नेपाल सुपर लिगको फाइनल खेल्ने पाउने भएका छन् ।
लिगको पहिलो क्वालिफायरतर्फ धनगढी विरुद्ध ललितपुरले जित निकाले तापनि सो खेलम विवादास्पद रुपमा रातो कार्ड पाएका मणिले फाइनल खेल्ने अनिश्चित बनेको थियो ।
मणिलाई देखाइएको रातो कार्ड विरुद्ध ललितपुरले अपिल समेत गरेको थियो । त्यसपश्चात् लिगको आयोजक संस्था नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले विस्तृत छानबिन गरी मणिलाई देखाइएको उक्त रातो कार्डको निर्णय रद्द गरेको छ ।
सोही निर्णयका अनुसार मणिले आउँदो शनिबार हुने लिगको फाइनल खेल्ने पनि पक्का भएको छ । मणिले फाइनल खेल्न पाउने भएपछि ललितपुर सिटी क्लब पनि थप आत्मविश्वासी बनेको छ ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने