धौलागिरिकै सर्वाधिक पुरस्कार राशिको ‘चौँथो बौद्ध कप २०८३’ असोज २५ देखि
गोलनेपाल

म्याग्दी। बौद्ध युवा क्लब को आयोजनामा ‘चौँथो बौद्ध कप २०८३’ आगामी असोज २५ देखि ३० गतेसम्म बेनी नगरपालिका–७, मङ्गलाघाटस्थित खुला मञ्चमा सञ्चालन हुने भएको छ। धौलागिरिकै सर्वाधिक पुरस्कार राशिको यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

बौद्ध युवा क्लबका अध्यक्ष दुर्गा बुढा मगरका अनुसार प्रतियोगितालाई व्यवस्थित, प्रतिस्पर्धात्मक तथा भव्य रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी भइरहेको छ। उहाँले देशभरका इच्छुक टोलीलाई समयमै नाम दर्ता गराई सहभागिता जनाउन आग्रह गर्नुभएको छ।

प्रतियोगिताका सम्पूर्ण खेलहरू गोलनेपाल डट कम मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। यसबाट देश तथा विदेशमा रहेका नेपाली फुटबलप्रेमीहरूले प्रतियोगिताका सबै खेल प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्।

प्रतियोगितामा विजेताले रु. २,२२,२२२, उपविजेताले रु. १,११,१११, तृतीय हुने टोलीले रु. ५५,५५५ तथा अनुशासित टोलीले रु. २२,२२२ नगदसहित ट्रफी र पदक प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मध्यपङ्क्ति खेलाडी तथा उत्कृष्ट अग्रपङ्क्ति खेलाडीलाई जनही रु. ७,७७७ नगदसहित ट्रफी प्रदान गरिनेछ।

टोली दर्ता तथा थप जानकारीका लागि सम्पर्कः

दुर्गा बुढा मगर – अध्यक्ष (९८५७६४२१४५)

श्यामसुन्दर कँडेल – सचिव (९८५६०८०३१५)

कमल घर्ती मगर – कोषाध्यक्ष (९८६७६२४१५७)

आयोजकले समयमै टोली दर्ता गराई धौलागिरिकै प्रतिष्ठित फुटबल प्रतियोगितामा सहभागिता जनाउन सम्पूर्ण फुटबल क्लब तथा टोलीहरूलाई अनुरोध गरेको छ।

Post Comments