झुेझुरे । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तथा बागमती गाउँपालिकाको मुख्य प्रायोजनमा सन्चालन भैरहेको आठौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता २०८३ को आज प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल सम्पन्न भएको छ।
उक्त क्वाटरफाइनलमा खेलमा चित्लाङ फुटबल क्लबले मचिन्द्र फुटबल क्लबलाइ १-० को गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो।
खेलको निर्धारित समयको ८६ औं मिनेटमा पदम भट्टराईको एसिस्टमा एरोन थापाले उत्कृष्ट गोल गरेर टोलीलाई जित दिलाउदै सेमिफाइनलको यात्रा तय गरेको हो।
खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै निर्णायक गोल गरेका चित्लाङ फुटबल क्लबका खेलाडी एरोन थापा म्यान अफ दि म्याच घोषित हुँदै नगद रु. १० हजार सहित ट्रफी प्राप्त गरे।
प्रतियोगितामा आयोजकसहित १० टिमले सहभागिता जनाएका थिए। प्रतियोगिताको विजेताले नगद रु १० लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विभिन्न विधागत पुरस्कार को रुपमा २५-२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०-१० हजार प्राप्त गर्नेछन् ।
- सतिसाले स्पोर्टिङ्ग क्लबलाई तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि
- सतिसाले र बसाहा तेस्रो सप्तकोशी गोल्डकपको फाइनलमा भिड्ने
- बसाहा क्लब तेस्रो सप्तकोशी गोल्डकपको पहिलो फाइनलिस्ट टोली बन्न सफल
- सतिसाले स्पोर्टिङ क्लब (मोरङ्ग) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- उत्घाटन खेलमा नै बसाहा क्लब (उदयपुर) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा