आयोजक आरटीएफसीलाई उपाधि
गोलनेपाल

काठमाडौं । साँघुरो अन्तरको जित निकाल्दै मलेसियाको सेलंगोरमा सम्पन्न प्रथम आरटिएफसी गोल्डकप नेपाली कम्युनिटी फुटबल प्रतियोगिताको उपाधि आयोजक आरटीएफसीले नै जितेको छ ।

पानासोनिक स्टेडियममा आइतबार सम्पन्न फाइनलमा आयोजक आरटिएफसीले एन पेनाङ एफसीलाई १–० को अन्तरले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

विजेता बनेको आरटिएफसीले उपाधिसहित नगद २० हजार मलेसियन रिंगेट हात पार्यो भने उपविजेता एन पेनाङले १० हजार मलेसियन रिंगेटसहित ट्रफी, मेडलमा चित्त बुझायो ।

आरटीएफसी, मलेसियाको आयोजनामा सम्पन्न प्रतियोगितामा मलेसियामा रहेका नेपाली कम्युनिटीका कुल १८ टोलीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न सहयोग, हौसला र समर्थन दिने सबैलाई आयोजक क्लबका अध्यक्ष राजु तामाङले आभार र धन्यवाद प्रकट गरे ।

Post Comments