News
युइएफए नेशन्स लिगमा फ्रान्सलाई तेस्रो स्थान

काठमाडौं (एजेन्सी) । प्रतिष्ठित युइएफए नेशन्स लिगमा फ्रान्सले तेस्रो स्थान हासिल गरेको छ । आइतबार भएको तेस्रो स्थानको खेलमा फ्रान्सले घरेलु टोली जर्मनीलाई २–० ले हरायो ।
जर्मन शहर स्टुटगार्टमा भएको खेलमा फ्रान्सका लागि ४५औं मिनटमा किलियन एम्बाप्पे र ८४औं मिनटमा माइकल ओलिसेले गोल गर्दै फ्रेन्च टिमको जित पक्का गरे ।
स्मरण रहोस, सेमिफाइनलमा फ्रान्सले स्पेनसँग ४–५ को हार बेहोरेको थियो भने जर्मनीले पोर्चुगलसँग १–२ को पराजय बेहोरेको थियो । उता स्पेन र पोर्चुगल आइतबार राती नै फाइनलमा भिड्दै छन् । जुन खेल नेपाली समयअनुसार राती १२ः४५ बजे शुरु हुनेछ ।
Post Comments