लम्कीचुहा । कैलालीको लम्कीचुहामा हरितालिका तीज तथा पञ्चमीको पावन अवसरमा बृहत् ‘पश्चमी मेला तथा खुल्ला पुरुष फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, समृद्ध समाजका लागि एकता’ भन्ने मूल नाराका साथ न्यू ज्योति युवा क्लब, लम्कीचुहा–४, कौवापुरले यस प्रतियोगिताको आयोजना गर्न लागेको हो।
क्लबले दिएको जानकारी अनुसार ‘न्यू ज्योति कप २०८३’ खुल्ला पुरुष फुटबल प्रतियोगिता आगामी भाद्र २७ गतेदेखि सुरु हुनेछ। प्रतियोगिताको खेलहरू लम्कीचुहा ४ स्थित कौवापुरको खुल्ला मैदानमा खेलाइने छ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले नगद रु ७०,००0/- सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले नगद रु ३५,०००/- सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ।
फुटबल प्रतियोगितासँगै क्लबले तीज र पञ्चमीको अवसर पारेर विशेष ‘तीज तथा पश्चमी मेला’ समेत संचालन गर्ने भएको छ। मेला आगामी भाद्र २८ गतेदेखि ३१ गतेसम्म चल्ने आयोजकले जनाएको छ। मेलामा विविध सांस्कृतिक प्रस्तुति, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिनेछन्।
- सुदूरपश्चिमको ऐतिहासिक २७औँ महिला तथा पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- आयोजक युथ अफ टीकापुर फाइनलमा, प्रतीक्षा शीर्ष गोलकर्ताको दौडमा अग्रस्थानमा
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश