सूर्यपुर चौथो भरतपुर २४ गोल्डकपको फाइनलमा, उपाधिका लागि बिएफसीसँग भिड्ने

भरतपुर । सूर्यपुर एफसी चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज (बिहीबार) भएको दोस्रो सेमिफाइनलमा जनशक्ति युवा क्लब नवलपरासीलाई हराउँदै सूर्यपुर उपाधि नजिक पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलमा सूर्यपुरको जितमा जय गुरुङ र बिक्की चम्लिङ राईले गोल गरे । जनशक्तिका लागि शान्तबहादुर गुरुङले एक गोल फर्काए । सूर्यपुरका बिक्की बिक्की चम्लिङ राई प्लेयर अफ दि म्याच भए ।
सूर्यपुर पहिलो यस प्रतियोगिताको फाइनल पुगेको हो । उसले अब उपाधिका लागि हानामी भरतपुर फुटबल क्लब बिएफसीको सामना गर्नेछ । बिएफसी यस अघि पहिलो सेमिफाइनलमा प्याराडाईज युथ क्लबलाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ । पहिलो संस्करणको उपाधि विजेता बिएफसी दोस्रो पटक फाइनल प्रवेश गरेको हो ।
यसैबीच प्रतियोगिताको फाइनल खेल असार १ गते हुने भएको छ । यस अघि जेठ ३१ गते हुने भनिएको फाइनल विशेष कारण असार १ गतेका लागि सारिएको संयोजक रमेश पुरीले जानकारी दिए । खेल दिउँसो ४ बजे हुनेछ । भरतपुर २४ गोल्डकप उपभोक्ता समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख ३ हजार तथा उपविजेताले एक लाख ७५ हजार प्राप्त गर्नेछन् ।
Post Comments
Related News