News
खस्यौलीलाई दोस्रो एसओएस लुम्बिनी युथ कपको उपाधि

भैरहवा । एसओएस लुम्बिनी युथ क्लब, सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा सम्पन्नदोस्रो एसओएस लुम्बिनी युथ कप खुला फुटसल प्रतियोगिताको उपाधि खस्यौली एफसीले जितेको छ ।
फाइनलमा खस्यौलीले वी इन्भेष्ट फुटसललाई हराउँदै उपाधि जित्न सफल भएको हो । भैरहवा फुटसलमा सम्पन्न खेलमा खस्यौलीले वी इन्भेष्टमाथि ५–४ को जित निकाल्दै विजेता बन्यो ।
विजेता बनेको खस्यौलीले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता वी इन्भेष्टले नगद २५ हजारसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।
प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी वी इन्भेष्टका अजय पाठक घोषित भए । त्यस्तै उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताको पुरस्कार भने खस्यौलीका क्रमशः नबिन मसराङ्गी र अस्मित शर्माले हात पारे ।
Post Comments