News जेसी ब्रदर्श, देवदह–११ र मोन्स्टर गाईजको जित
सुरज राना मगर

खैरेनी । यहाँ जारी प्रथम डि युनिटी कप यु–२० फुटबल प्रतियोगिता अन्र्तगत बिहीबार तीन खेलहरु सम्पन्न भएका छन् । पानबारी खेलमैदानमा भएको खेलहरुमा जेसी ब्रदर्श, देवदह–११ र मोन्स्टर गाईजले जित हात पार्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

दिनको पहिलो खेलमा जेसी ब्रदर्शले टाकुल्टी एफसीलाई टाईब्रेकरमा ३–१ ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि जेसी ब्रदर्शले टाईब्रेकरमा नतिजा आफ्नो पक्षमा पारेको हो ।

त्यस्तै दोस्रो खेलमा देवदह–११ ले भलवारी फुटबल क्लबलाई शून्यका विरुद्ध ३ गोलको अन्तरले हरायो । दिनको तेस्रो तथा अन्तिम खेलमा मोन्स्टर गाईजले चरङ्गे फुटबल क्लबलाई २–० ले हराउँदै दोस्रो चरणमा स्थान बनाउन सफल भयो ।

डि युनिटी क्लब, खैरेनी, देवदहको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने असार १० गतेका दिन हुनेछ ।

Post Comments