काठमाडौं (एजेन्सी) । गत संस्करणको उपविजेता दक्षिण कोरिया र आयोजक अष्ट्रेलिया जारी एएफसी महिला एसियन कप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्ने शुरुवाती दुई टोली बनेका छन ।
समूह ए तर्फ बिहीबार लगातार दोस्रो खेलमा जित निकाल्दै दक्षिण कोरिया र अष्ट्रेलियाले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेका हुन ।
आफ्नो पहिलो खेलमा इरानलाई ३-० ले हराएको दक्षिण कोरियाले बिहीबार दोस्रो खेलमा फिलिपिन्सलाई समान ३-० को अन्तरले हरायो । त्यस्तै अष्ट्रेलियाले आफ्नो पहिलो खेलमा फिलिपिन्सलाई १-० ले हराएको थियो भने बिहीबार दोस्रो खेलमा इरानलाई ४-० ले पराजित गर्यो ।
बिहीबारको नतिजासँगै समूह ए बाट इरान र फिलिपिन्स भने बाहिरिएका छन । समूह चरणको अन्तिम खेलमा पनि ८ मार्चका दिन फिलिपिन्स र इरान भिड्नेछन । त्यसैगरी सोही दिन दक्षिण कोरिया र अष्ट्रेलिया पनि भिड्नेछन । यी दुई टोलीबिचको नतिजाले समूह ए को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
- तेल्लोक स्पोर्टिङ क्लबद्वारा ३८ जना ज्येष्ठ नागरिकको सम्मान तथा स्वास्थ्य परीक्षण
- चौथो ताप्लेजुङ गोल्ड कपका लागि तयारी तीव्र, आयोजक टिम छनोट उपसमिति गठन
- सिरिजङ्गा गोल्डकपको सार्वजनिक सुनुवाइ तथा सहयोगदाता सम्मान सम्पन्न
- चौंथो ताप्लेजुङ गोल्डकप भाद्र १२ देखि १९ गतेसम्म
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी