काठमाडौं (एजेन्सी) । अष्ट्रेलियामा जारी प्रतिष्ठित एएफसी महिला एसियन कप फुटबल प्रतियोगिता अन्तर्गत उत्तर कोरिया र साविक विजेता चीनले पनि विजयी शुरुवात गरेका छन् ।
मंगलबार भएको समूह बी तर्फको पहिलो खेलमा उत्तर कोरियाले उज्वेकिस्तानलाई ३–० को अन्तरले हराउँदै विजयी शुरुवात गर्यो । सोही समूहको अर्को खेलमा साविक विजेता चीनले नवप्रवेशी बंगलादेशलाई २–० को अन्तरले हरायो ।
समूह बी तर्फ दोस्रो खेलमा बंगलादेशले ६ मार्चका दिन उत्तर कोरियाको सामना गर्नेछ । त्यस्तै सोही दिन हुने अर्को खेलमा चीनले उज्वेकिस्तानसँग खेल्नेछ ।
प्रतियोगितामा सहभागि कुल १२ टोलीहरुलाई तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली र तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट दुई टोलीहरु नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रतियोगितामा दक्षिण एसियाका भारत र बंगलादेश पनि सहभागि छन् । फाइनल खेल २१ मार्चका दिन सिड्नीमा हुनेछ ।
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट