काठमाडौं । नेपाल सुपर लिग क्लब एफसी चितवनका भारतीय प्रशिक्षक खालिद जमिल एनएसएलको दोस्रो संस्करण शुरु नहुँदै क्लबबाट अलग भएका छन् । चितवनले आइतबार एक वत्तव्य जारी गर्दै ४६ वर्षिय जमिलसँगको सम्झौता आपसी सहमतिमा रद्द गरिएको बताएको छ ।
स्मरण रहोस, चितवनले नेपाल सुपर लिग कै लागि भनेर गत महिना मात्र जमिललाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको कुरा घोषणा गरेको थियो । यद्यपि लिग शुरु नहुँदै चितवन फेरि मुख्य प्रशिक्षकविहीन बनेको छ ।
भारतमा ईष्ट बंगाल, मोहन बगान, नर्थइष्ट युनाइटेड, बैंगलुरु जस्ता क्लबहरुको प्रशिक्षकीय जिम्मेवारी सम्हालिसकेका जमिललाई यसपटक नेपाल सुपर लिगमा राम्रा प्रशिक्षकहरु मध्ये एकमा हेरिएको थियो । तर उनको त्यो फुटबल रणनीति यसपटक एनएसएलमा देख्न नपाइने भएको छ ।
यसपटक चितवनको मार्की खेलाडीमा राष्ट्रिय गोलरक्षक बिशाल श्रेष्ठ रहेका छन् । स्मरणीय छ, नेपाल सुपर लिगको दोस्रो संस्करण आउँदो मंसिर ८ गतेदेखि शुरु हुने कार्यक्रम तय भईसकेको छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)