काठमाडौं । पछिल्लो समय नेपालको घरेलु फुटबलमा व्यस्त देखिएका नाइजेरियन डिफेन्डर ओमोलजा करिमलाई दोस्रो नेपाल सुपर लिगका लागि ललितपुर सिटी फुटबल क्लबले अनुवन्ध गरेको छ ।
ललितपुरले शनिबार आफ्नो आधिकारिक पेजमार्फत करिमलाई अनुवन्ध गरेको कुरा घोषणा समेत गरेको छ । करिमले गत सिजन मच्छिन्द्र फुटबल क्लबका लागि शहिद स्मारक ए डिभिजन लिग पनि खेलेका थिए ।
त्यसो त उनले नेपाल सुपर लिग कै पहिलो संस्करण बुटवल लुम्बिनी फुटबल क्लबका लागि खेलेका थिए । त्यसवाहेक मोहम्मदन, मिनर्वा पञ्जाब, एजवाल र सुदेवा दिल्ली एफसी जस्ता भारतीय क्लबहरुबाट पनि व्यवसायीक फुटबल खेलेको अनुभव करिमसँग छ ।
यसपटक ललितपुर सिटीको मार्की खेलाडीमा चर्चित राष्ट्रिय डिफेन्डर अनन्त तामाङ छन् । त्यस्तै मुख्य प्रशिक्षकमा अनुभवी अष्ट्रेलियन प्रशिक्षक इयान एन्ड्रियु गिलन रहेका छन् । नेपाल सुपर लिगको दोस्रो संस्करण आउँदो मंसिर ८ गतेदेखि शुरु हुँदैछ । लिगको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान