
सुनवल । सुनवल ८ फुटबल टिम यहाँ जारी आठौं सुनवल मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
सुनवल ७ स्थित स्थानीय खेलमैदानमा भएको खेलमा सुनवल ८ ले सुनवल ६ लाई शुन्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।
सुनवल ८ का लागि टेक बहादुर रानाले एक मात्र निर्णायक गोल गरे । सुनवल ८ का निर्णायक गोलकर्ता टेक बहादुर राना नै खेलको म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत जेठ १ गते बिहीवारको पहिलो सेमिफाइनल खेल सुनवल ३ र सुनवल १३ बीच हुने खेल संयोजक प्रकाश बारघरे मगरले जानकारी दिए ।
सुनवल नगरपालिका, नवलपरासीको आयोजना तथा आठौं मेयर कप सञ्चालन एवम् व्यवस्थापन समितिको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ९० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो जेठ ४ गतेका दिन हुनेछ ।