थलङ । प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कप वडा स्तरीय पुरूष फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा बिहीबार सिसास खोक्लिङ र नव युवा क्लब फुङलिङ तथा दोस्रो सेमिफाइनलमा ढुंगेसाघु र बाघथला युवा क्लब खोक्लिङ प्रतिस्पर्धा गर्नेछन ।
थलङ खेल मैदानमा बुधबार सम्पन्न दोस्रो क्वाटर फाइनलमा मानाभरा युवा क्लबलाई २-० ले पराजित गर्दै ढुंगेसॉघु सेमिफाइनल पुगेको हो ।
त्यस्तै तेस्रो क्वाटर फाइनलमा लिङखिमलाई ३-१ गोलले पराजित गर्दै नव युवा क्लब फुङलिङले सिसास खोक्लिङ संगको सेमिफाइनल भेट पक्का गरेको हो ।
बुधबार नै सम्पन्न अन्तिम क्वाटर फाइनलमा मानाभरा स्पोर्टिङ क्लब खेजिनिमलाई १-० गोलले पराजित गर्दै बाघ थला युवा क्लब खोक्लिङले ढुंगे सॉघु संगको प्रतिस्पर्धा निश्चित गरेको हो ।
प्रतियोगिताको चौथो दिन बिहीबार सेमिफाइनलका दुबै खेल सन्चालन गरिने खेल तालिका रहेको छ ।
राष्ट्रिय युवा संघ नेपाल मिक्वाखोला गाउँपालिका कमिटिले बैशाख १५ गते देखी आयोजना गरेको प्रतियोगिता बैशाख १९ गते सम्म सन्चालनमा रहने छ ।
प्रतियोगितामा कुल १२ टिमको सहभागि रहेको थियो । विजेताले १ लाख १ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६१ हजार प्राप्त गर्नेछ ।प्रत्येक खेलको म्यान अफ दि म्यचले एक एक हजार प्राप्त गर्नेछन ।
प्रतियोगिताको वेस्ट प्लेयर,वेष्ट डिफेन्डर,वेष्ट किपर,हाइ स्कोरर,योङ प्लेयरलाई उचित पुरस्कार प्रदान गरिने बताइएको छ ।
खेलको माध्ययमबाट मिक्लाखोलाको पर्यटन पर्वद्धन साथै खेलाडी समेत उत्पादन गर्ने उद्येस्यका साथ नव वर्षको अवसरमा प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पुर्ण थलङले जानकारी दिए ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई