News
रबिन्द्र विरुद्धको अविश्वासको पारित, पदबाट पनि हटाइए, बस्या नयाँ अध्यक्ष
काठमाडौं । सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष रबिन्द्र चन्द विरुद्धको अविश्वासको मत अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।
स्मरण रहोस, चन्दको नेतृत्व विरुद्ध असन्तुष्टी जनाउँदै १४ क्लबहरुले गत पुष १ गते अविश्वासको प्रस्ताव गरेका थिए । साथै साधारणसभा बोलाउन अनुरोध समेत गरिएको थियो ।
एन्फा कम्प्लेक्समा शरद भण्डारीको नेतृत्वमा बसेको बैठकले चन्दको विरुद्ध मतदान गर्दा सहभागि १२ क्लबहरुले नै उनको विपक्षमा मतदान गरेका थिए । यो निर्णयसँगै सुर्खेत जिल्ला फुटबल संघको नयाँ अध्यक्षमा दिलिप बस्याल निर्वाचत भएका छन् ।
सो अवसरमा एन्फाका कार्यसमिति सदस्यद्वय अनिल मल्ल र भरत बुद थापा प्रतिनिधिका रुपमा उपस्थित रहेका थिए ।
Post Comments
Related News
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई