
तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका ३ जलजले तोक्मा तीनधारेमा यही वैशाख २३ गते देखि २९ गते सम्म खुल्ला पुरूष तथा महिला फुटबलका साथ विविध सॉस्कृतिक कार्यक्रम सन्चालन हुने भएको छ ।
मुनाल युवा क्लब र मुनाल खेलकुद विकास समितिको आयोजनामा तोक्मा तीनधारेको ७ ए साइडको खेल मैदानमा सन्चालन हुने प्रतियोगिताको पुरूष तर्फको विजेताले २ लाख २ हजार ८२ रुपैया सहित तीन वर्षे रनिङ ट्रफि प्राप्त गर्नेछ । उक्त पुरस्कार ललिता हुक्पा चोङवाङ सिंगकले प्रायोजन गर्नु भएको छ । उपविजेताले १ लाख ११ हजार ८२ रुपैया सहित ट्रफि प्राप्त गर्नेछन ।प्रायोजक शम्सेर तुम्बाहाङफे हुनुहुन्छ । त्यस्तै खुल्ला महिला तर्फको बिजेताले ४० हजार ८२ रूपैया सहित तीन वर्षे रनिङ ट्रफि जसलीई प्रायोजन स्वर्गीय बाजे बल बहादुर बस्नेतको स्मृतीमा देवेन्द्र बस्नेतले प्रायोजन गर्नु भएको छ ।उपविजेताले २५ हजार ८२ रूपैया सहित ट्रफि प्राप्त गर्नेछ जसलाई सन्देश सम्बाहाम्फेले प्रायोजन गर्नु भएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी,उत्कृष्ट डिफेन्स,उत्कृष्ट गोल रक्षक, हाई स्कोररलाई उचित पुरस्कार साथै दोस्रो चरणबाट म्यान अफ दि म्याचको व्यवस्था समेत रहेको बताइएको छ । बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा विगत वर्षहरूमा झै यो वर्ष पनि खेलकुदका साथै सॉस्कृतिक कार्यक्रम पनि सन्चालन गरिने अध्यक्ष मोहनसिं सिंगकले जानकारी दिए ।
स्थानीय जातजातिको पहिचान झल्कने झॉकिहरू यालाङ,केलाङ,डम्फुनाच,साकेला,संगीनी,नौमती बाजा,लोक दोहोरी,मारुनी नाच,छेलो हान्ने,तोङ आप्मा,डोरी तान्ने तथा खुल्ला नृत्य प्रतियोगिता सन्चालन हुने बताइएको छ।
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो
- आयोजक मुनाल र जि.सि २२ सेमिफाइनलमा
- तेह्रथुमको जलजलेमा केलाङ मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता शुरू
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई