News
रबिन्द्र विरुद्धको अविश्वासको पारित, पदबाट पनि हटाइए, बस्या नयाँ अध्यक्ष

काठमाडौं । सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष रबिन्द्र चन्द विरुद्धको अविश्वासको मत अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।
स्मरण रहोस, चन्दको नेतृत्व विरुद्ध असन्तुष्टी जनाउँदै १४ क्लबहरुले गत पुष १ गते अविश्वासको प्रस्ताव गरेका थिए । साथै साधारणसभा बोलाउन अनुरोध समेत गरिएको थियो ।
एन्फा कम्प्लेक्समा शरद भण्डारीको नेतृत्वमा बसेको बैठकले चन्दको विरुद्ध मतदान गर्दा सहभागि १२ क्लबहरुले नै उनको विपक्षमा मतदान गरेका थिए । यो निर्णयसँगै सुर्खेत जिल्ला फुटबल संघको नयाँ अध्यक्षमा दिलिप बस्याल निर्वाचत भएका छन् ।
सो अवसरमा एन्फाका कार्यसमिति सदस्यद्वय अनिल मल्ल र भरत बुद थापा प्रतिनिधिका रुपमा उपस्थित रहेका थिए ।
Post Comments
Related News
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- खेलाडी संघको पहलमा युवा खेलाडी सन्देशको निःशुल्क शल्यक्रिया सम्पन्न
- धरान एन्फा एकेडेमीलाई खेल सामाग्री हस्तान्तरण