News
दोस्रो क्वालिफायरमा पोखरा, फाइनल प्रवेशका लागि धनगढीसँग भिड्ने
काठमाडौं । पोखरा थन्डर्स जारी तेस्रो नेपाल सुपर लिगको दोस्रो क्वलिफायरमा प्रवेश गर्न सफल भएको छ । आइतबार भएको इलिमिनेटर म्याचमा पोखराले एफसी चितवनमाथि ३–० को प्रभावशाली जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको हो ।
दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा भने चितवन दबाबमा पर्यो । ६२औं मिनटमा अभिषेक लिम्बुले आत्मघाती गोल गर्दा पोखरा थन्डर्स खेलमा पछि पर्न पुगेको थियो । त्यसपछि ७१ । ७६औं मिनटमा जोए एडुले लगातार दुई गोल गर्दै पोखरेली टोलीको जित पक्का गरे ।
अब पोखराले दोस्रो क्वालिफायरमा धनगढी एफसीको सामना गर्नेछ । लिगको पहिलो क्वालिफायरतर्फ धनगढीले साविक विजेता ललितपुर सिटी एफसीसँग २–१ को हार बेहोरेको थियो । धनगढीमाथि रोमाञ्चक जित निकालेको ललितपुर भने फाइनल प्रवेश गरिसकेको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै