काठमाडौं । साविक विजेता ललितपुर सिटी फुटबल क्लब जारी तेस्रो नेपाल सुपर लिगको लगातार दोस्रोपटक फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको पहिलो क्वालिफायरतर्फ ललितपुरले धनगढी फुटबल क्लबलाई २–१ ले हराउँदै उपाधि रक्षा नजिक पुगेको हो । दशरथ रंगशालामा भएको खेलमा शुरुवाती अग्रता ललितपुरले नै लिएको थियो ।
खेलको ५६औं मिनटमा कर्भन्स बेलफोर्टको गोलबाट ललितपुरले अग्रता बनाएको थियो । यद्यपि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका जर्ज प्रिन्स कार्कीले ६१औं मिनटमा धनगढीका लागि बराबरी गोल फर्काएका थिए ।
तर, त्यो बराबरी गोलको खुशी पनि धनगढीले धेरैबेर मनाउन सकेन । खेलको ७९औं मिनटमा पापा इबु केबेले ललितपुरका लागि दोस्रो गोल गर्दै टोलीको रोमाञ्चक जित पक्का गरे ।
हारका बावजुद धनगढीको फाइनल प्रवेशको सम्भावना भने कायम छ । धनगढीले आइतबार हुने चितवन र पोखरा बीचको इलिमिनेटर म्याचको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै