काठमाडौं । तेस्रो नेपाल सुपर लिगतर्फ आफ्नो अधिकांश खेल बराबरी खेलेको झापा फुटबल क्लबले बुधबार आफ्नो लिग चरणको अन्तिम खेलमा पनि बराबरी खेल्दै सिजनको समापन गरेको छ ।
प्ले अफ होडबाट बाहिरिसकेको झापाले बुधबार साविक विजेता ललितपुर सिटी फुटबल क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो र तेस्रो सिजनको समापन गर्यो ।
दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफको ५३औं मिनटमा नबिन लामाले ललितपुरका लागि शुरुवाती गोल गरे । तर त्यो गोलको अग्रता धेरैबेर टिक्न सकेन । ६५औं मिनटमा झापाका कप्तान लाकेन लिम्बुले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
यो नतिजापछि ६ खेलबाट १२ अंक जोडेको ललितपुर शिर्ष स्थानमा छ । र, प्ले अफका लागि यसअघि नै छनौट भईसकेको छ । पराजित झापा भने ५ अंकका साथ छैठौं स्थानमा छ र पुछारमा रहेको बुटवल लुम्बिनीसँगै प्ले अफ होडबाट बाहिरिसकेको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै