काठमाडौं । पोखरा थन्डर्स फुटबल क्लब जारी तेस्रो नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । मंगलबार पोखराले बुटवल लुम्बिनी एफसीलाई २–० ले हराउँदै लिगतालिकाको तेस्रो स्थानमा उक्लिएर प्ले अफ यात्रा पक्का गरेको हो । यसअघि ललितपुर सिटी र धनगढीले पनि प्ले अफमा स्थान सुरक्षित गरिसकेका छन् ।
काठमाडौं रंगशालामा भएको खेलमा पोखराका लागि खेलको नवौं मिनटमा आयुष घलान र ५८औं मिनटमा विलियम बियासीले गोल गरे । यो जितपछि ६ खेलबाट ८ अंक जोड्दै पोखरा तेस्रो स्थानमा उक्लेको छ । पराजित बुटवल भने १ अंकका साथ पुछारमा छ र प्ले अफ होडबाट बाहिरिएको छ ।
त्यस्तै मंगलबारको नतिजापछि ५ खेलबाट ४ अंकसहित छैठौं स्थानमा रहेको झापाको प्ले अफको चुनौति समाप्त भएको छ । अब ८ अंकका साथ चौथो स्थानमा रहेको काठमाडौं र ७ अंकका साथ पाँचौं स्थानमा रहेको चितवन मध्ये एक टोलीले प्ले अफका लागि आफ्नो चुनौति पेश गर्नेछ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै